अबैध भरुवा बन्दुक पड्किदा बकैयाका घिसिङ घाईते

टुडे संवादाता
१ जेष्ठ २०७८, शनिबार १३:३४

हेटौंडा /गत बैशाख ३० गते मकवानपुर जिल्ला बकैया गाँउपालिका वडा नम्बर ६ बस्ने २२ वर्षिय जिवन घिसिङ भरुवा बन्दुक पड्किदा घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बकैया गाँउपालिका वडा नम्बर ६ स्थित सृजना सामुदायिक वनमा सिकार खेल्न क्रममा घिसिङले बोकेको अबैध भरुवा बन्दुक अचानक पड्कदा उनको दाहिने कोखामा गोलि लागी घाईते भएका थिए ।

घाईत घिसिङको हेटौडा अस्पतालमा उपचार गराउन नसकिएपछि थप उपचारको लागी मेडिकल कलेज भरतपुर चितवन पठाईएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीले उक्त अबैध भरुवा बन्दुक बरामद गरी घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।

यस अघि पनि मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ७ स्थित कोगटे बस्ने बर्ष २८ वर्षिय गगन बहादुर सिंजाली अबैध भरुवा बन्दुक पड्किदा घाईते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*