मकवानपुरमा शनिबार ९० जनामा कोरोना संक्रमण

टुडे संवादाता
१ जेष्ठ २०७८, शनिबार १४:५९

हेटौंडा/मकवानपुरमा शनिबार ९० जनामा कोरोना भाईरस पुष्टि भएको छ ।

गत वैशाख २९,३० र ३१ गते हेटौंडा १० गोरक्षेश्वर मन्दिर परिसरमा रहेको स्वाब संकलन केन्द्रमा संकलन गरिएको स्वाव परिक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा उपमहानगरका वडा नम्वर ५ का १३ जना र थाहानगरपालिकाका १८ जना रहेका छन् । त्यस्तै मकवानपुरगढी गाँउपालिकाका ३ जना, मनहरी गाँृपालिकाका २ जना, भीमफेदी गाँउपालिकाका एक जना र जिल्ला बाहिरका एक जना रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*