मकवानपुरगढी ३ र ६ जोड्ने फलामे पुलको निर्माण सुरु

टुडे संवादाता
२०७८ जेष्ठ १, शनिबार १७:२० गते

हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ६ जोड्न सामरी खोलामा फलामे पुल निर्माण हुने भएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे र वडा नम्बर ६ का अध्यक्ष टिकाप्रसाद दाहालले भालुखोला झल्ला जोड्ने पुलको जगमा पुजा गरी पुल निर्माण कार्यको सुरुवात गरिएको छ ।

गाउँपालिकाको झण्डै ६० लाख बजेटमा निर्माण गरिन लागेको पुल असार १५ सम्ममा सम्पन्न गरिने गरी निर्माण गरिनुपर्ने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष एक बहादुर पौडेलले बताए । सुरुमा दुईवटा पिल्लरको काम सकेलगत्तै थप दुईवटा पिल्लरको काम गरिने उनले बताए । सुमो सम्म आवातजावत गर्न मिल्नेगरी फलामको पुल बनाइने जनाइएको छ ।

वर्षातको समयमा झल्लामा उत्पादित तरकारी र विहानबेलुका दुध बेच्न खोला तरेर भालुखोला आउनुपर्ने बाध्यता रहेको छ । किसान मात्र नभई विद्यार्थी विद्यालय जान र गाउँपालिकाको कार्यालय जानआउन फलामेपुलले धेरै सहजता हुने स्थानीयहरु बताउछन् । करिब एक सय घरधुरी दैनिक उपभोग्य वस्तु खरिदबिक्रि गर्न, पठनपाठन र स्वास्थ्य सेवा लिन यस पुलले सहजता गराउने वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले बताए ।

पुल निर्माण असारमा सम्पन्न हुने गरि काम गरिने र दुई वडाबासीलाई आवतजावत गर्न सहज पुग्ने गाउँपालिका अध्यक्ष हुमागाईले बताए । हरेकवर्ष झैं बाढीले बगाएर मुत्यु भइरहेको अवस्थामा केहि तल पक्की पुल र केहि माथिल्लो क्षेत्रमा बेलीवृज पुलको निर्माण भइरहेको छ, ती पुल बन्दै गर्दा पनि यस भालुखोला झल्ला जोड्न पुल आवश्यक रहेकाले अटो, सुमो आउनजान सक्ने फलामे पुल निर्माण गरिन लागिएको उनले बताए ।

पुल निर्माणले आफुले उत्पादन गरेका तरकारी र दुधजन्य वस्तु बिक्रिमा सहज रुपमा भालुखोला पुगी विक्रिवितरण गरिन सकिने भए पछि दुई वडाबासीमा खुसी छाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*