बेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक बरामद

हेटौंडा टुडे
२ जेष्ठ २०७८, आईतवार १२:१०

हेटौंडा  / बेवारिसे अवस्थामा रहेको २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

शनिवार बिहान ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले भिमफेदी गाँउपालिका वडा नम्बर –६ मा पर्ने स्याउली बनमा उक्त दुई थान भरुवा बन्दुक बरामद गरेको हो । बन्दुक रुखको चेपमा लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बरामद गरेको बन्दुक कसको हो भन्ने बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । यस अघि भिमफेदी–७ मा र शनिबार बकैया गाउँपालिकामा भरुवा बन्दुक पड्केर दुई जना घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*