हेटौंडा / मकवानपुरमा थप एक सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा २ सय १६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा थप एक सय ३९ जनामा संक्रमण देखिएको कार्यलयले जनाएको छ ।
संङक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानपालिकाक एक सय २१ जना ,मनहरी गाँउपालिकाका ४ जना, राक्सिराङ गाँउपालिकाका ३ जना ,भीमफेदी गाँउपालिकाका ३ जना ,कैलाश गाउँपालिकाकाका ३ जना,मकवानपुरगढी गाउँपालिकाका २ जना,थाहा नगारपालिकाका २ जना र बागमती गाउँपालिकाका एक जना रहेका छन् ।
यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।
सेयर गर्नुहोस्






















