मकवानपुरमा थप ९२ जना कोरोना संङक्रमण मुक्त

हेटौंडा टुडे
२ जेष्ठ २०७८, आईतवार १५:३६

हेटौंडा  /  मकवानपुरमा आज थप ९२ जना कोरोना संङक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मकवानपुरमा होमआइसोलेसनबाट ८५ जना र आइसोलेसनबाट ७ जना गरी थप ९२कोरोना संङक्रमण मुक्त भएका जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कोरोना संङक्रमण मुक्त हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ८१ जना ,मनहरी गाउँपालिकाका ३ जना,थाहा नगरपालिकाका २ जना ,भीमफेदी गाँउपालिकाका २ जना ,बागमती गाँउपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिकाका २ जना रहेका छन् ।

यो संगै मकवानपुरमा कोरोना संङक्रमण मुक्त हुनेहरुको संङख्या ४ हजार ३ सय ७२ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*