कोरोना संङक्रमितको स्वास्थ अवस्था बारे जानकारी लिदै ११ नम्बर वडा कार्यालय

हेटौंडा टुडे
२ जेष्ठ २०७८, आईतवार १६:१०

 हेटोंडा /  हेटोंडा उपमहानगरपालिका वडा नम्बर ११ ले आफ्ना वडाका कोरोना संङक्रमितको स्वास्थ अवस्था बारे जानकारी लिएको छ ।

हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले टोल विकास संस्था वडा समन्वय समिति र नगर स्वास्थ क्लिनिकको समन्वयमा आज आईतबार वडा नम्बर ११ का २७ जना कोरोना संङक्रमितको स्वास्थ अवस्था बारे जानकारी लिईएको वडा सदस्य जुना दहालले बताउनुभयो ।

नगर स्वास्थ क्लिनिककी स्वास्थकर्मी सहितको टोलीले होम आईसोलेसनमा बसेका संङक्रमितहरुको अक्सिजन लेभल जाचँ गरी औषधी समेत वितरण गरेको थियो । होम आईसोलेसनमा रहेका संङक्रमितहरुको स्वास्थ अवस्था सामान्य रहेको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*