सामुदायिक कोभिड रेस्पोन्स टिमलाई व्यवसायी श्रेष्ठबाट २० हजार सहयोग

हेटौंडा टुडे
४ जेष्ठ २०७८, मंगलवार ११:३६

 हेटौंडा । हेटौंडा ६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोलाका व्यवसायी एवं समाजसेवी उत्तम श्रेष्ठले नगद सहयोग गरेका छन् ।

श्रेष्ठले सामुदायिक रेस्पोन्स टिमलाई २० हजार रूपैयाँ सहयोग गरेको हुन । उनले सहयोग रकम आर्थिक तथा राहत उपसमितिका सदस्य देवराज गौतमलाई हस्तान्तरण गरेका छन् । कोरोना महामारीबाट प्रभावितको सहयोगका लागि समुदायस्तरमा भईरहेको कामलाई रकम उपलब्ध गराउन पाउँदा सन्तुष्टि मिलेको श्रेष्ठले बताए ।

कार्यक्रममा सामुदायिक कोभिड रेस्पोन्स टिमका सहसंयोजक भरत सापकोटा, उपसमिति सदस्य पवन दुलाल लगायतको सहभागिता रहेको थियोे ।
यस अघि पुतली बजारका शिव दुलाल र सुशान्त दुलाले १० हजार रूपैयाँ सहयोग गरेका थिए ।

उपसमितिले ३९ हजार रूपैयाँ संकलन गरेको र १ लाख ७३ हजार रूपैयाँको प्रतिवद्धता प्राप्त भएको उपसमिति सदस्य गौतमले जानकारी दिए । सामुदायिक कोभिड रेस्पोन्स टिमले हेटौंडा ६ र आसपासको क्षेत्रमा कोरोना विरूद्धको अभियान अन्तरगत नियन्त्रण, परामर्श, उपचार, राहत तथा उद्धारको काम गर्ने सहसंयोजक सापकोटाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*