सामुदायिक कोभिड रेस्पोन्स टिम हेटौंडा ६ का संक्रमितको घरघरमा

हेटौंडा टुडे
४ जेष्ठ २०७८, मंगलवार २१:२९

हेटौंडा । हेटौंडा ६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिम संक्रमितको घरघरमै पुगेको छ । कोरोना संक्रमितको स्वास्थ अनुगमन, परामर्श, स्वास्थ्य एवं पोषण सामग्री उपलब्ध गराउन टोली संक्रमितको घरघरमै पुगेको हो । टोलीले सोमबार चुच्चेखोला, शान्तिटोल, चौघडा र कालीपोखरी र मंगलबार पुतलीबजार, भुलभुले, हात्तिलेट, रामनगर, गौरीटार, रंगशाला क्षेत्रका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यकताका आधारमा सामग्री सहयोग गरेको छ ।

टोलीमा सामुदायिक कोभिड रेस्पोन्स टिमका संयोजक हेटौंडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सहसंयोजक भरत सापकोटा, उपसमिति प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अनुगमनका क्रममा सबै संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको पाइएको छ । टोलीले बाँकी क्षेत्रका संक्रमितको घरमै पुगेर अनुगमन गर्ने जनाएको छ । सामुदायिक कोभिड रेस्पोन्स टिमले हेटौंडा ६ र आसपासको क्षेत्रमा कोरोना विरूद्धको अभियान अन्तरगत नियन्त्रण, परामर्श, उपचार, राहत तथा उद्धारको काम गर्ने सहसंयोजक सापकोटाले जानकारी दिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*