लमजुङमा फेरि भूकम्प, हेटौँडासम्म धक्का महसुस

हेटौंडा टुडे
५ जेष्ठ २०७८, बुधबार ०९:३९

हेटौंडा । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५. ३ म्याग्‍नेच्युटको भूकम्प गएको हो ।
लमजुङ केन्द्रबिन्दु भएर गएको भुकमको हेटौंडासम्म धक्का महसुस भएको थियो ।

यसअघि आज बिहानै लमजुङलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहानै गएको भूकम्पबाट देशका विभिन्न भागमा धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले क्षेत्र केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको ​भूकम्प गएको हो ।  केन्द्रका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर आज दुई पटक भूकम्प गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*