
हेटौंडा । बिहिबार मकवानपुरगढीमा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये २ जना महिला र १ जना पुरुष रहेका छन् ।
संक्रमण देखिनेमा हेटौंडा अस्पतालबाट प्राप्त PCR रिपोर्टबाट वडा नम्बर ३ का १ जना महिला, वडा नम्बर ५ का एक महिला र मकवानपुरगढीमा आज गरिएको एन्टिजेन परिक्षणबाट वडा नम्बर ३ का १ जना पुरुष गरि ३ जनामा संक्रमण देखिएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।
बिहिबारसम्म मकवानपुरगढीमा कोभिड संक्रमण पुष्टि हुने सङख्या कुल ११२ पुगेको लामिछानेले बताउनुभयो ।
यो संगै मकवानपुरमा आज थप १११ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

सेयर गर्नुहोस्