
हेटौंडा । बुधबार मकवानपुरगढीमा २ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये दुबै जना महिला रहेका छन् । संक्रमण पुष्टि हुनेमा वडा नम्बर ४ र ५ का दुई महिलामा संक्रमण देखिएका हो । दुबैलाई हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट संक्रमण देखिएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल १४२ जना संक्रमण देखापरिसकेको लामिछानेले जानकारी दिनुभयो ।
अहिले सम्म गाउँपालिका भरमा ६९ जना १४ दिन पुरा गरी संक्रमण मुक्त भईसकेका भएका छन् भने ७३ जना सक्रिय संक्रमित रहेको मध्ये १ जना गौरीटार आइशोलेशन , १ जना हेटौंडा अस्पताल, १ जना भरतपुर अस्पतालमा उपचाररत रहेका छन र ७० जना होम आईशोलेसनमा रहेको लामिछानेले बताए ।

सेयर गर्नुहोस्