स्थानियको सपना कहिल्यै भएन साकार, मक्रान्चुलिमा सँधै पानीको हाहाकार

हेटौंडा टुडे
१५ जेष्ठ २०७८, शनिबार ११:४२
साङकेतिक तस्बिर

हेटौंडा ।  मकवानपुरगढि गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलिमा पानीको समस्याबाट यहाँका स्थानियबासिन्दा मारमा परेका छन् । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा खानेपानीको समस्या भएको हो ।

बिगत एक हप्ता देखि धारामा खानेपानी नआउँदा स्थानियवासी आकाशे पानि पिउन बाध्य छन् । आकाशबाट पानि नआउँदा टाढाबाट बोकेर खानु पर्ने बाध्यता छ । गढि गाउँपालिका वडा नम्बर २ मा रहेको धवाडि खोलाको मुहानबाट ल्याईएको खानेपानि मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ , ३ , ४ का स्थानिय बासिन्दाहरुले पिउने गरेका छन ।

२०४४ सालबाट पाईप बिछ्याउने, ट्याङ्कि बनाउने अभियानबाट सुरु गरिएको धवाडि बुहत खानेपानि योजनाले २०४८ सालमा पुर्णता पाएको थियो । २०५० सालमा जम्मा ६५ वटा सामुहिक धाराबाट सुरु गरेको यो बुहत योजानले १५० वटा सामुहिक धाराहरु भए पछि यो योजना मिटर सिस्टममा लगेको थियो ।

घर घरमा मिटर जडान गरेर ग्राहक बढाउने काम गरेतापनि यस योजनाले उपभोक्ताहरुलाई पर्याप्त पानि भने पुर्याउन सकेको छैन् । आफ्नो उपभोक्ता बढाउन लागेको यो खानेपानि योजनाले आफ्नो जिम्मेवारी भने कहिल्यै  पुरा गर्न नसकेको उपभोक्ताहरुको गुनासो रहेको छ । यस खानेपानि योजनामा १२०० घरधुरि रहेकोमा हाल २०० घरधुरिहरुले अर्को साखबाटा पानि प्रयोग गरे संगै उपभोक्ता घटेर करिब एक हजार मात्र आफ्नो उपभोक्ता रहेको  छ ।

 

मकवानपुरगढि गाउँपालिका ३ नम्बर वडामा यस खानेपानि योजना अन्र्तगत १५० घरधुरि रहेका छन्। जस अन्र्तगत भानु ट्याकिं, बाबियोडाँडा  ट्याकिं र मक्रान्डाँडा ट्याकिंबाट बितरण हुने पानि उपभोक्ताले प्रयोग गर्दै आईरहेका छन । तर पनि यस भु-भागका उपभोक्ताहरु प्राय जसो खानेपानिबाट मारमा पर्दै  आईरहेका छन्। धेरैजसो पाईप फुट्ने समस्याले पानि समयमै पिउन नपाएको उपभोक्ताहरु बताउँछन् । त्यतिमात्र नभई डडेलोबाट पाईप जल्ने , पहिराले पाईप बिग्रने भाचिने , सडकको बिचमा पाईप परेकाले बाटो बनाउँदा पाइप काटिने जस्ता समस्याबाट यहाँका उपभोक्ता पिउने पानिबाट बर्षे नै मारमा पर्दै आईरहेका छन् ।

यस वडामा धवाडि बाहेक जागुति ,टावरडाँडा र देबिडाँडा खानेपानि योजना रहेता पनि यसले धवाडि बृहत खानेपानि योजनालाई पच्चिस प्रतिशत मात्र सपोर्ट गरेको छ । तर पनि ति योजनाले वडा नम्बर ३ का सबै भु-भागमा सेवा पुर्याउन सकेको छैन । तिन नम्बर वडाको कतिपय ठाउँमा वैकल्पिक पानिको कुनै पनि स्रोत नभएको र सानातिना  कुवा,पोखरिहरु पनि २०७२ सालको भूकम्पपछि सुकेकाले धवाडिको पानि नै प्रमुख स्रोत भएकाले यस ठाउमा पानिको दिर्घकालिन रणनीति बनाउन आबश्यक छ ।  वरपरका कुवा तथा पँधेरामा पनि पानी सुकेपछि एक गाग्री पानीका लागि घण्टौँ कुनुपर्ने बाध्यता छ । पिउने पानीका साथै गाईवस्तुलाई खुवाउने पानी पनि कसरी जुटाउने भन्ने चिन्ता थपिएको स्थानीयवासीले बताएका छन् ।

कुखुरा ,गाई भैसि, बाख्रा, तरकारि तथा फलफुलहरु गढीका बासिन्दाका आयआर्जनका स्रोतहरु हुन् । पानिको कारणले आफनो ब्यवसाय नै धरापमा परेको स्थानीयवासीहरु गुनासो गर्छन्  । त्यस्तै अर्का एक किसान धारमा पानी नआउँदा आफुहरुले निकै सास्ती भोग्नु परेको बताउछन् ।  जसले गर्दा पानि ट्याङकरमा किनेर आफ्नो गुजारा चलाईरहेका छन्।

धवाडि खानेपानि योजनाको बिकल्पको रुपमा रहेको आकाशे पानि नै यहाँका उपभोक्ताको बैकल्पिक पानिको स्रोत बनेको छ । आकाशेफल आखातरि मर भन्ने नेपालि उखान झै उपभोक्ताहरु आकासबाट परेको पानि हेरेरे टुलुटुलु बस्न पर्न र बलेसिमा परेको पानि भाडामा थाप्न पर्ने बाध्यता छ ।

मकवानपुरगढि गाउपालिका नजिकै रहेको तिन नम्बर वडामा पानिको यस्तो समस्या रहे संगै पालिकाका अन्य वडाहरुमा पानिको समस्या कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । गाउँपालिकाले आफ्ना पालिका बासि र वडाबासिहरुलाई पानिको दिगो विकाश दिन नसक्ने र आकाशे पानिमै आफ्नो जिबिका जोहो गर्नुपर्ने हो ।,भने गाउँमा बस्ति बाक्लो हुनुको सट्टा पातलो बन्दै जाने कुरामा कुनै दुई मत छैन । यस तर्फ स्थानिय सरकारले बेलैमा सोच्नु पर्ने आबश्यता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*