हेटौंडा । सरकारले विद्यार्थीकालागि ल्यापटप खरिद गर्न कर्जा र एक थान सिमकार्ड निःशुल्क दिने बताएको छ । सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाईमा सहयोग पुर्याउने उद्देश्यका साथ एक थान ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँसम्म दुई वर्ष अवधिको एक प्रतिशत ब्याजदरमा कर्जा उपालब्ध गराउने अर्थमन्त्रीले बताएका छन् साथै सोह्र वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क दिने पनि बजेटमा उल्लेख छ ।
सेयर गर्नुहोस्






















