निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ सवारी सहित १८ जना नियन्त्रणमा

हेटौंडा टुडे
१५ जेष्ठ २०७८, शनिबार २२:१२
तस्बिर ; जिल्ला प्रहरी कार्यालय मकवानपुर

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज शनिबार निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ वटा सवारी साधन र १८ जना मानिसलाई नियन्त्रणमा लिएको छ । आज शनिबार जिल्लाका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मात हत कार्यालयबाट खटिएको चेकिङ टोलिले निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ वटा सवारी साधन र १८ जना मानिसलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाईकल ,स्कुटर, अटो, सानो गाडी गरी जम्मा ६२ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएका हो । भने निशेधाज्ञा उल्लंघन गरी पसल संचालन गर्ने १८ जना ब्यवसायीलाई नियन्त्रणमा लिई कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिमा आवस्यक कारवाही को लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*