थाहा ३ मा भोलिबाट एन्टिजेन परिक्षण गरिने

हेटौंडा टुडे
२०७८ जेष्ठ १६, आईतवार ०८:३४ गते

हेटौंडा । थाहा नगरपालिका वडा नम्बर ३ मा कोरोना संक्रमितको पहिचानको लागि एन्टिजेन परिक्षण गरिने भएको छ । भोलि १७ गते बिहान ७:०० बजे डाडागाउँमा, ११ बजे दम्कीमा र दिउँसो ३ बजे बिकासघर शिखरकोटमा परिक्षण गरिने वडा अध्यक्ष राजेश केसीले बताउनु भयो ।

स्वास्थ्यमा समस्या भएका र संक्रमितको परिवारका सदस्यहरुले उक्त स्थानहरुमा आई आफ्नो स्वास्थ्य परिक्षण गर्नुहुन समेत अध्यक्ष केसीले आग्रह गर्नुभयो । संक्रमितको पहिचान गरि समुदायलाई सुरक्षित राख्न र संक्रमितको उचित उपचारका लागि परिक्षण आवश्यक भएको वडा सदस्य भरत लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*