मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहले उपचाररत परिवारलाई नगद सहयोग हस्तान्तरण

हेटौंडा टुडे
१६ जेष्ठ २०७८, आईतवार १२:०६
साङ्केतिक तस्बिर

मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहले आज आईतबार मकवानपुरगढी ३ का संक्रमितलाई नगद दश हजार सहयोग हस्तान्तरण गरिएको छ । मकवानपुरगढी वडा नम्वर ३ देबिडाडा एक सङ्क्रमितको परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको हो । सङ्क्रमित ब्यक्ति हेटौडा अस्पतालमा केहि दिन देखि उपचाररत हुनु हुन्छ ।

प्रतिकार्य समुहले हिजो सनिबार मकवानपुरगढी ३ नम्बर वडामा संक्रमितको घरमै पुगि राहत वितरण गरेको थियो । ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे सहितको टोलिले हिजो भानु चोक, बाबियोडाँडा र देविडाँडा रहेका होम आइशोलेसनमा बसिरहेका ९ जना सक्रिय संक्रमितहरु १४ दिन पूरा नभएकालाई पोषिलो खाद्यान्नहरु तथा मास्क , सेनेटाइजर लगायतका सामाग्री वितरण गरिएको थियो ।

साथै यसै समुहले ३ नम्बर वडाका मृत्यु संस्कारमा बसिरहेका ३ परिवारलाई पनि राहत सामाग्री वितरण गरिएको थियो साथै समूहले शनिबार नै मानिसहरूको भिडभाड हुने स्थान मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने किसानहरुलाई पनि संस्थाकै प्राङ्गणमा माक्स वितरण गरेको समुहका सदस्य कमल फुयाँलले बताउनुभएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*