
हेटौडा । आईतबार मकवानपुरगढी गांउपालिकामा थप ३ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वडा नम्बर ४ का एकै परिबारका ३ जनालाई संक्रमण देखिएका हो । कोरोना भाईरस संक्रमणमा ३ महिने सिशु सहित १ महिला र १ पुरुष गरि जम्मा ३ जनालाई संक्रमण पुष्टि भएको हो ।
मकवानपुरगढी गांउपालिकामा गरिएको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल १५० जनामा संक्रमण देखा परिसकेको लामिछानेले बताउनु भयो ।
आज आईतबार मात्रै मकवानपुरगढी गांउपालिकामा २ संक्रमितको मुत्यु भएको छ । मुत्यु हुनेमा मकवानपुरगढी गांउपालिकाका वडा नम्बर ३ बस्ने ६४ बर्षीय महिला र वडा नम्बर ५ बस्ने ६२ बर्षीय महिला रहेका छन । उनिहरुको उपचारको क्रममा हेटौंडा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा र चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढी गाउपालिकामा कोरोना भाईरसबाट मुत्यु हुनेको सख्यां ४ पुगेको छ ।

