मदनभण्डारी फाउन्डेसनलाई दिएको रकम फिर्ता गर्ने बागमती प्रदेश सरकारको निर्णय

हेटौंडा टुडे
१७ जेष्ठ २०७८, सोमबार १५:००

हेटौंडा / बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख सहयोग रकम फिर्ता गरेको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले फाउन्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ अधिवेशनको बैठक अवरुद्ध गरेको भन्दै रकम फिर्ता लिने निर्णय गरेको पौडेलले बताएका हुन् ।

‘मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकमबारे माओवादी केन्द्रले आपत्ति जनाउँदै प्रदेशसभा अवरुद्ध गर्दा ध्यानाकर्षण भएको छ,’ पौडेलले भने, ‘यसर्थ फाउन्डेसनलाई दिइएको रकम ५० लाख फिर्ता गरिएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*