हेटौंडा / बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० पेश गरेका हुन् ।मन्त्री ढुंगेलले आगामी आवको नीति तथा कार्यक्रम र बजेट कोरोना संङक्रमण नियन्त्रणमा केन्द्रित हुने बताएका छन् ।
मन्त्री ढुंङगेलले प्रस्तुत गरेको वनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा सरकारको चर्को आलोचना गरेका थिए । छलफलमा उठेका प्रश्नको छोटो जवाफ दिदै मन्त्री ढुंङगेलले प्रदेश सभाका सदस्यहरुबाट प्राप्त भएका सुझावहरुलाई निति कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।
प्रदेश सभाकी उपसभामुख राधिका तामाङले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भई आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जवाफ दिएपछि सकिएपछि अर्को सुचना नभए सम्म प्रदेश सभाको बैठक स्थगित भएको जानकारी दिईन् ।