फेकोफन मकवानपुरद्वारा गढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

टुडे संवादाता
१७ जेष्ठ २०७८, सोमबार २१:१३

हेटौंडा/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) मकवानपुरले मकवानपुरगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सोमबार (आज) एक कार्यक्रमका बिच फेकोफन बाग्मति प्रदेश सचिवालय सदस्य रामहरि चौलागाईले गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईलाई स्वास्थ्य सामाग्री दिएका हुन् ।

कोरोना भाईरस (कोभिड-१९)को लहरबाट आक्रान्त भईरहेको अवस्थामा यसबिरुद्धको लडाईमा सहयोग गर्ने उद्धेश्यले फेकोफन मकवानपुरले सहयोग गरेको हो ।

स्वास्थ सामग्री अन्तरगत ३ थान अक्सिमिटर, २ थान नेबुलाईजर, १ थान थर्मलगन, १५ थान फेस सिल्ड, ८०० थान मास्क , १० लिटर स्यानिटाईजर, १०० थान ग्लोब्स सहयोग गरेको फेकोफनका स्थानिय परियोजना संयोजक सुशन दहालले जानकारी दिनुभयो ।

यता स्वास्थ्य सामाग्री ग्रहण गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले फेकोफनको सहयोग निकै सराहनिय रहेको र यस संस्थाले जस्तै सबैले समुदायको हकहितको लागि सोचि, सबै एकजुट भएमा मात्र यस महामारी बिरुद्धको लडाई जित्न सकिने बताउनु भयो ।

स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई , स्थानिय महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी , प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनि, स्वास्थ्य शाखा प्रमुख धुर्व लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*