पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु

हेटौडा टुडे
१८ जेष्ठ २०७८, मंगलवार १२:४९

हेटौंडा । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुबै जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । उनिहरुको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा ८ की ७५ वर्षीया महिला र हेटौंडा ११ की ७८ वर्षीया महिला रहेका छन् ।

हेटौंडा ११ की वृद्धामा जेठ ३ गते कोरोना पुष्टि भएको र गएराति मृत्यु भएको हो भने हेटौंडा ११ की वृद्धामा जेठ १६ गते कोरोना पुष्टि भएको र आज बिहान ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*