गौरीटार आईसोलेसनमा उपचाररत कोरोना संङक्रमितहरुको लागी पौष्टिक आहार तथा स्वास्थ सामाग्री वितरण

हेटौंडा टुडे
१८ जेष्ठ २०७८, मंगलवार १३:१०

मदन भण्डारी स्पोर्ट्स ऐकेडेमी र खेलकुद विकास समिति मकवानपुरको संयुक्त आयोजनामा गौरीटार आईसोलेसनमा उपचाररत कोरोना संङक्रमितहरुको लागी पौष्टिक आहार तथा स्वास्थ सामाग्री वितरण गरीएको छ ।

आज मंगलबार एक कार्यक्रमका बिच हेटौंडा ६ स्थित गौरिटार आईसोलेशनमा उपचाररत विरामीहरुका लागी संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा कोरोना संक्रमितहरुलाई पौष्टिक आहार सहित अक्सिमिटर र स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

कोरोना संक्रमितले आइसोलेसनमा वस्दा अनिवार्य रुपमा अक्सिमिटरले अक्सिजन लेवल चेक गर्नुपर्ने भन्दै मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुर र मकवानपुर जिल्ला खेलकुद विकास समितिले संयुक्तरुपमा आईशोलेशनमै पुगेर संङक्रमितहरुको अक्सिजन लेवल चेक गर्दै अक्सिमिटर सहित स्वास्थ्य सामाग्री प्रदान गरेको हो । कोरोना संक्रमितलाई पौष्टिक आहार फलफुल ,अण्डा ,पानी, काजु र अक्सिमिटर प्रदान गरिएको छ ।

आईसोलेसनमा रहेका संक्रमितहरुको स्वास्थ अवस्था वुझ्दै संविधान सभा सदस्य अनन्त पौडेलेले उच्च मनोबलका साथ कोरोनालाई जितनुपर्ने बताउनुभयो । उहाँले आईसोलेसनमा उपचाररत कोरोना संङक्रमितहरुकालागी समस्या परेमा सदैव सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*