हेटौंडा / थाहा नगरपालिकाले गत जेठ १४ गते परेको अविरल बर्षा र हुरिबतासले कृषकहरुले ब्यवसायिक रुपमा तरकारी खेती गर्न बनाएको टनेलमा पुर्याएको क्षतिको विवरण संकलन गर्न थालेको छ ।
आइतबार नगरप्रमुख लबशेर बिष्टले सुचना जारीगर्दै आफ्नो क्षतिको विवरण वडा कार्यालय मार्फत जेठ १९ गते सम्म नगरपालिकाको कार्यालयमा उपलब्ध गराउन कृषकहरुलाई अनुरोध गर्नुभएको छ ।पहिले विवरण संकलन गर्ने र प्राप्त विवरणको आधारमा क्षतिको मुल्यांकन गरि क्षतिपूर्ति प्रदान गर्नको लागि आवश्यक निति तयार गर्ने र क्षतिपूर्ति प्रदान गर्ने प्रमुख बिष्टले बताउनुभयो ।
कृषकहरुले निर्माण गरेको संरचना हुरिबतासले क्षति पुर्याएकोले टनेल संगै त्यहाँ लागाइएको बालीमा समेत नोक्सान पुर्याएको थियो ।
हुरिबतासले थाहा नगरको वडा नम्बर १० को बिसिङ्खेल, ६ को बज्रबाराहिमा बढी क्षति पुर्याएको थियो ।
सेयर गर्नुहोस्