हेटौंडा ६ मा आयोजित रक्तदानमा २७ जनाले दिए रगत

हेटौंडा टुडे
१८ जेष्ठ २०७८, मंगलवार १४:११

हेटौंडा। हेटौंडा(६ मा रहेको कोभिड रेस्पोन्स कार्यदलको आयोजनामा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन। हेटौंडामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै कार्यदलले हेटौंडा स्वास्थ्य चौकी चौघडामा रक्तदान कार्यक्रमको आयोजना गरेको कार्यदल सदस्य तथा रक्तदान कार्यक्रम संयोजक पवन दुलालले जानकारी दिएका छन।

हेटौंडा ६ का वडाध्यक्ष संयोजक रहेको कोभिड रेस्पोन्स कार्यदलले हेटौंडा ६ सहित आसपासका वडामा कोभिड संक्रमितलाई पौष्टिक आहार वितरण तथा परामर्श कार्यक्रम गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*