
हेटौंडा। मकवानपुरमा आज थप ५० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा २१ महिला, २९ पूरुष रहेका छन । जेठ १७ गते संकलित १३९ जनाको स्वाब परीक्षणमा ५० जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगर पालिकाका बिभिन्न वडाहरुमा ४९ जनामा र मनहरि गांउपालिकामा २ जनामा संक्रमण देखिएको चौलागाईले बताएका छन् ।


सेयर गर्नुहोस्