
हेटौडा । मंगलबार मकवानपुरगढीमा थप १ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वडा नम्बर ५ कि १ महिलामा संक्रमण देखिएका हो । आज मकवानपुरगढी गाउपालिका वडा नम्बर ५ मा तिन जनामा गरिएको एन्टिजेन परिक्षणबाट १ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल १५७ जनामा संक्रमण पुष्टि भईसकेको लामिछानेले जानकारी दिनुभयो ।
आज मंगलबार मात्रै ४ जना संक्रमण मुक्त भएका छन । आज सम्ममा ८९ जना १४ दिन पुरा गरी संक्रमण मुक्त भईसकेका छन भने गाउँपालिकामा ६९ जना सक्रिय संक्रमित रहेकोमा संक्रमित मध्ये ७१ जना होमआईशोलेसन ,१ जना हेटौंडा अस्पतालमा रहेको छन । हाल सम्ममा मकवानपुरगढी गाउँपालिकामा ४ संक्रमितको मुत्यु भईसकेको लामिछानेले जानकारी दिनुभयो ।
