
थाहा नगरपालिका । थाहा नगगरपालिका वडा नं. ७ को कार्यालयले वडाका सबै नागरिकलाई मास्क र प्रत्येक घरमा सेनिटाईजर बितरण गर्ने निर्णय अनुसार आज बुधबार ९४ घरमा बितरण गरिएको छ । आज थाहा ७ को देउखेल र सुन्दरबस्ती टोलमा एकघर एक सेनिटाइजर र एक ब्यक्ति एक मास्क बितरण गरिएको हो ।
कोरोना संक्रमितलाई भने १० वटा मास्क बितरण गरिएको छ । कोरोना भाईरसको संक्रमणलार्ई न्युनिकरण गर्नका लागि मास्क र सेनिटाईजर प्रयोग गर्ने बानीको विकास गराउन मास्क र सेनिटाईजर बितरण गरिएको अध्यक्ष सनम सिं मुक्तानले बताउनुभयो । भोलि बिहीबार बाँकी टोल टोलमा गएर स्वास्थ्य सचेतना गराउँदै मास्क सेनिटाईजर बितरण गरिने अध्यक्ष मुक्तानले बताउनु भयो । वडा कार्यालयले टोल टोलमा सम्पर्क ब्यक्तिहरु चयन गरी सो ब्यक्ति मार्फत बितरण गरिएको छ ।
हाल वडा कार्यालयले १० हजार थान सर्जिकल मास्क र १ हजार ५ सय थान सय एम.एल.को सेनिटाईजर खरिद गरिसकिएको र बिभिन्न संघ संस्था मार्फत पनि मास्क र सेनिटाईजर प्राप्त हुने क्रम रहेको वडा सदस्य दिपेन्द्रकुमार थिङले बताउनुभयो । साथै कोरोना संक्रमितलाई पोसिलो खाना स्वरुप चना र अण्डा भोलि बिहीबार संक्रमितको घरमै गएर वितरण गरिने सदस्य थिङले बताउनुभयो । थाहा ७ मा हाल ६८ जना कोरोना संक्रमित रहेका र जसमध्ये ३ जनाको नगर बाहिर उपचार भईरहेको छ ।

