रातोमाटेमा दुई वटा ट्रक ठोक्कियो, दुई जनाको मृत्यु

हेटौंडा टुडे
१९ जेष्ठ २०७८, बुधबार २१:०३

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातमाटेमा दुईवटा ट्रक एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ।

वीरगन्जबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ५९६३ नम्बरको प्लास्टिकको सामान बनाउन मेसिन लोड भएको ट्रक र सोही दिसाबाट आउदै गरेको ना ५ ख १८६४ नम्बरको चामल बोकेको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा अन्दाजी ३० बर्षका एक पुरुष र आन्दाजी ३५ बर्षीय एक पुरुष गरी दुई जनाको मृत्यु भएको हो। उनीहरुको उपचारको क्रममा हेटौंडा-१ मा रहेको सन्चो अस्पतालमा मृत्यु भएको मकवानपुर  प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए ।

मृतकको पहिचान खुल्न सकेको छैन । त्यसैगरी दुर्घटनामा ना ५ ख १८६४ नम्बरको ट्रक चालक बारा कोल्हवी-१० का ५० बर्षीय धुर्व चौधरी र सोही ट्रकका सहचालक रौतहट गजुरा -८ का २० बर्षीय बिकेस चौधरी र अर्का ट्रक चालक रहेको जनाइएको छ। उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको  छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*