
हेटौंडा। मकवानपुर प्रहरीले खैरो हेरोईन जस्तो देखिने पदार्थ हेटौंडाका ४ युवा पक्राउ परेका छन।
बुधबार साँझ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ४ जना युवालाई ४०० ग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित नियन्त्रण लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए।
पक्राउ पर्नेमा हेटौडा -११ का २४ बर्षीय ठाकुर गजुरेल, हेटौंडा-११ नै बस्ने २० बर्षीय हिमाल बर्तौला,हेटौंडा-१ चौकीटोल बस्ने २७ बर्षीय पौडेल र हेटौंडा- ४ हुप्राचौर बस्ने ३० बर्षीय सोजन जोशी रहेको डिएसपी रिमालले बताए।
प्रहरीले उनीहरूलाई हेटौंडा-१ लालझाडीमा रहेको राप्ती होटलबाट रङगेहात पक्राउ गरेको हो। निजहरुलाई उक्त लागु सहित नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।


सेयर गर्नुहोस्