
मकवानपुर/एक ब्यक्ति एक मास्क एक घर एक सेनिटाईजर अभियान संचालन गरेको थाहा नगरपालिका वडा नं. ७ को कार्यालयले आज बिहिबार वडामा नागरिकलाई मास्क र प्रत्येक घरमा सेनिटाईजर बितरण गरेको छ ।
वडा अध्यक्ष लगायत कोभिड ब्यवस्थापन तथा नियन्त्रण समितिका पदाधिकारीहरुले टोलटोलमा गएर स्वास्थ्य सचेतना सहित मास्क र सेनिटाइजर बितरण गरेको हो ।
त्यस्तै २६ जना कोरोना संक्रमितलाई १ किलो चना, १५ ओटा अण्डा, १०० मिलिमिटरको १ थान सेनिटाइजर, १ ओटा लाइफब्वाई साबुन १५ ओटा सर्जिकल मास्क पनि बितरण गरिएको छ ।
बाँकी संक्रमितलाई भोलि बितरण गरिने अध्यक्ष सनमसिं मुक्तानले बताउनुभयो ।
कोरोना भाईरसको संक्रमण लार्ई न्युनिकरण गर्नका लागि र मास्क र सेनिटाईजर प्रयोग गर्ने बानीको विकास गराउनको लागि मास्क र सेनिटाईजर बितरण गरिएको अध्यक्ष सनम सिं मुक्तानले बताउनुभयो ।
वडाकार्यालयले वडाको नागरिकको स्वास्थ्य प्रति चिन्तित भइ जोखिम मोलेरनै स्वास्थ्य सचेतना सहित स्वास्थ्य सामग्री सहित आउँदा स्थानीय सरकारको अनुभुति भएको स्थानिय बलबहादुर गोङ्बाले बताउनुभयो ।
स्वास्थ्य मापदण्डको पालना गरि कोरोना भाइरसलाई परास्त गर्न र स्वास्थ्यमा कुनै समस्या भए वडा कार्यालय वा जनप्रतिनिधिलाई खबर गर्न वडा सदस्य दिपेन्द्र कुमार थिङले बताउनुभयो ।
थाहा ७ मा ६८ जना संक्रमित रहेको र ३ जनाको नगरपालिका बाहिर उपचार भइरहेको छ ।

