हेटौंडामा अटो एम्बुलेन्सको दुरुपयोग, अटो एम्बुलेन्समा चालक नियन्त्रणमा

हेटौडा टुडे
२१ जेष्ठ २०७८, शुक्रबार १०:१९

हेटौडा। निषेधाज्ञामा बिरामीलाई बोक्न भनेर हेटौंडामा संचालन भएको अटो एम्बुलेन्सले दुरुपयोग गरेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्व को संयुक्त अनुगमन टोलीले हेटौंडामा अटोमा बिरामी नबोकि खाद्यान्न बोकेको अवस्थामा एउटा अटोलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रशासन कार्यालयले हेटौंडा-१९ नम्बर वडाको निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह१०५९ नम्बरको अटोमा बिरामी नबोकि खाद्यान्न सहित प्रयोजन भन्दा बाहिरको मान्छे बोकेको अवस्थामा हेटौंडा-१० बसपार्कबाट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको अटोलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लागिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*