रेडियो बुलेटिनले हेटौडा अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालासँग अन्तरक्रिया गर्दै

हेटौंडा टुडे
२१ जेष्ठ २०७८, शुक्रबार १२:२५

हेटौंडा । रेडियो बुलेटिन ८९.७ मेघाहर्जले जेठ २२ गते शनिबार भोली जुम एप मार्फत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। बिश्व नै कोभिड १९ को दोस्रो लहरले आक्रान्त पारिरहेको यो बिषम् परिस्थीतिमा मकवानपुरमा पनि पछिल्लो समय निरन्तर संक्रमण बढीरहेको छ । रेडियो बुलेटिनले समाजसग प्रत्यक्ष जोडिएका बिषय वस्तुहरुलाई उठाउदै आइरहेकोमा यो पटक आफुहरुले हेटौडा अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाहरुले कसरी काम गर्न सकिन्छ  भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न थालेको रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिलकुमार खातिले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, हेटौडा उपमहानगरपालिकाका उपप्रमुख, हेटौडा अस्पतालका अध्यक्ष तथा सबै पूर्व अध्यक्षहरु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, हेटौडा अस्पतालका मेसु तथा निवर्तमान मेसु, हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख, बिद्युत प्राधिकरण मकवानपुरका प्रमुख र नागरिक समाजका प्रतिनिधि लगायतसग छलफल आयोजना गर्न थालेको उहाले बताउनु भयो।
कोभिड १९ को दोस्रो लहरमा हेटौडा अस्पतालमा सेवा प्रबाहमा गुनासोहरु आइरहदा अस्पताल प्रशासन त्यस गुनासोको समाधानतर्फ नलागि अन्य गतिबिधितिर लागिरहदा जनस्तरबाट हेटौडा अस्पतालको बिश्वसनियतामा प्रश्न उठाउन थालेपछि यस्तो कार्यक्रमको आयोजना गर्नु परेको रेडियो बुलेटिन ८९.७ मेघाहर्जका प्रबन्ध निर्देशक खातिले स्पष्ट पार्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*