
हेटौंडा । आज बिहान उपभोक्ताहरुलाई भीड गरेर पसल सञ्चालन गरेको भन्दै हेटौंडा स्कुलरोडका व्यवसायी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको हो । निषेधाको समयमा पनि भीडभाड गरेर पसल सञ्चालन गरेको भन्दै हेटौंडाको व्यावसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नेतृत्वको बजार अनुगमन टोलीलाई अटेर गरेर भीड गर्दै पसल सञ्चालन गरेपछी भीड नगर्नका लागि गरिएको आग्रहलाई अटेर गरेपछी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ गरेपछी थप कार्बाहीका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे कहाँ पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।


सेयर गर्नुहोस्