हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई मकवानपुरगढी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । समूहमा आवद्ध गरिव,दलित, जनजाती एवम विपन्न बर्गका महिलाहरुको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका निमित्त वन समूहलाई सहयोग गरेको
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले जानकारी दिए । गाउँपालिकाले वन समूहलाई १ लाख ४२ हजार ५ सय आर्थिक सहयोग उपलव्ध गराएको वन समितिले जनाएको छ ।
गाउँपालिकाले उपलव्ध गराएको रकमले मकवानपुरगढी–३ मा रहेका गरिव, दलित, जनजाती र विपन्न बर्गका महिलाहरु पहिचान गरी समूह बनाएर आर्थिक उपार्जनका काममा खर्च गरिने वन उपभोक्ता समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताए ।
सेयर गर्नुहोस्

















