हेटौडा । सुक्रबार मकवानपुरगढीमा थप १६ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वडा नम्बर ६ मा १८ जनामा गरिएको एन्टिजेन परिक्षणबाट १२ जनामा र बाकि pcr परिक्षणबाट हेटौडामा संक्रमण देखिएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल १८० जनामा संक्रमण पुष्टि भईसकेको लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी आज मात्र १४ दिन पार गरि ८ जना संक्रमण मुक्त भएका छन भने आज सम्मको संक्रमण मुक्त हुनेको कुल संख्या ११३ जना पुगेको छ । यसै गरि आजको दिनसम्ममा ६१ जना सक्रिय संक्रमित रहेकामा ५७ जना होमआईशन र १ जना हेटौंडा अस्पतालमा उपचाररत रहेको छन भने आज मकवानपुरगढी वडा नम्बर ३ को आइसोलेसन सेन्टर ,मक्रन्चुलीमा ४ जना भर्ना भएको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।