सुरक्षित भइ खेती गर्न नगर प्रमुख बिष्टको आग्रह

हेटौडा टुडे
२२ जेष्ठ २०७८, शनिबार ०७:३७

हेटौंडा । थाहा नगरपालिकामा आज भोलि आलु खन्ने सिजन हो । आफ्नो मुख्य बालीको रुपमा आलु खन्न कृषकहरुलाई भ्याईनभ्याई छ ।
आफुले मात्रै नभएर कृषकहरुले आफ्ना छरछिमेक र नगर बाहिरका समेत खेताला लगाउने गरेको छन् ।

यो बर्ष पनि कोरोना भाइरसको दोस्रो चरणका कारण निषेधज्ञा भएको छ भने कोरोना संक्रमण हुने दर समेत बढेको पनि छ ।

कोरोना संक्रमणको दर बढेको अवस्थामा सामाजिक दुरि कायम गरि भिडभाड नगरि खेतिपातिको काम गर्न थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले बताउनुभयो ।

बिष्टले खेतबारीमो कामगर्दा पनि स्वास्थ्य मापदण्डको पालना गर्न कृषकहरुलाई आग्रह गर्नुभयो ।
ुसकेसम्म आफ्नै परिवार तथा छिमेकीसंग मात्रै भारापर्म गरी नगरपालिका भन्दा बाहिरको कामदार नबोलाई खेतीको काम गर्न कृषकहरुलाई अनुरोध गर्दछु।ु( प्रमुख बिष्टसंगको कुराकानीमा बताउनुभयो ।

आलु खन्ने तथा खेतिपातिको काम सुरु भएसंगै कोरोना महामारी फैलन सक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।
कृषकहरु बिना मास्क, सामाजिक दुरी कायम नगरी खेतबारी आउजाउ गर्दा, काम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना रहेको छ ।

खेतबारीमा काम गर्दा मास्क लगाउन र दुरी कायम गर्ने संभावना कम हुने कृषकहरु बताउछन् । सरकारले लकडाउन घोषणा गरेतापनि बाली भित्र्याउने र नयाँ बाली लगाउने चटारो भइरहेको आफ्नो परिवारले मात्रै सो काम नभ्याउने भएकोले कृषकहरु समस्यामा छन् ।

साथै प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत चिकित्सक रिकेश कार्की पनि कृषकहरुलाई सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि कृषि कर्ममा लाग्नुहुन र व्यक्तिगत सरसफाईमा विषेश ध्यान दिनुहुन आग्रह गर्नुभएको छ ।

थाहा नगरमा अहिले आलु बाहेक बन्दा , मुला , काउलीको उत्पादन उल्लेख्य मात्रामा भैरहेको छ । तर किसानहरुले उत्पादित सामानको उचित बजारमूल्य पाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*