
हेटौँडा । विश्व वातावरण दिवसको अवसरमा हेटौडा उपमहानगरपालिका वडा नं . ६ र १७ मा बृक्षारोपण तथा हात धुने धारा जडान कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ सामुदायिक रेस्पोन्स कार्यदल हेटौडा ६ र १७ को आयोजनामा सात स्थानमा हात धुने धारा राखिएको कार्यदलका संयोजक समेत रहनुभएका ६ नं. वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईले बताउनुभयो ।
मदन भण्डारी बिज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाई र वडा अध्यक्ष चौलागाईले सयुक्त रुपमा हात धोएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यदलले हटौडा १७ को सालकपार्क, गैरीगाउको बृद्धाआश्रम तथा हेटौडा ६ को चुच्चेखोला, चौघडा, न्युरेनी, पुतलीबजार र हात्तीलेटमा गरी सात स्थानमा ट्यानकी सहित धारा राखिएको हो । यसै अवसरमा हेटौडा ६ मा सरसफाई तथा बृक्षारोपण पनि गरिएको थियो ।

सेयर गर्नुहोस्