रेडियो बुलेटिनको आयोजनामा हेटौडा अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया

हेटौडा टुडे
२२ जेष्ठ २०७८, शनिबार २२:२४

 

हेटौंडा । रेडियो बुलेटिन ८९।७ मेघाहर्जले शनिबार जुमएपमार्फत हेटौडा अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाहरुले कसरी काम गर्न सकिन्छ रु बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख भगवति पुडासैनीले हेटौडा अस्पतालमा अहिले पनि धेरै समस्या रहेको र त्यसलाई नसुधार्ने हो भने अस्पतालप्रति आम जनतामा बितृष्णा आउन सक्ने खतराबाट अस्पताललाई बचाउन लाग्न सुझाव दिनुभयो ।

कार्यक्रममा हेटौडा अस्पतालका अध्यक्ष तथा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले अब हेटौडा अस्पतालले बिशेषज्ञ सेवाहरु उपलब्ध गराउने मात्रै नभएर शिक्षण अस्पतालका रुपमा बिकास गर्दै रहेको बताउनुभयो । आगामी दिनहरुमा आफुहरुले हेटौडा अस्पतालका पूर्व अध्यक्ष सबैसग सल्लाह लिने र उहाहरुको पनि समन्वयमा अगाडि बढाउदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिद्युत प्राधिकरण हेटौडा बितरण शाखाका प्रमुख योगेन्द्र ठाकुरले अहिले हेटौडा अस्पतालले आफुहरुसँग डेडिकेडेट लाइनको माग नगरेको बताउदै अस्पतालले अक्सिजन प्लान्टको सञ्चालन ठूलो क्षमतामा सञ्चालन गर्ने हो भने आफुहरु सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, हेटौडा अस्पतालका पूर्व अध्यक्षहरु गोविन्द खतिवडा, बलराम बल, सरोज खनाल, राजिव सुवेदि, प्रकाश पौडेल, रमेश गिरी उपस्थीति रहेको थियो । उहाहरुले हेटौडा अस्पतालमा आफु अध्यक्ष हुदा गरेका काम र अहिले हेटौडा अस्पतालले गर्नुपर्ने कामका बिषयमा सुझावहरु दिनुभएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्याय, हेटौडा अस्पतालका मेसु डा रामचन्द्र सापकोटा, हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख रमण झा, नारायणी अञ्चल आयुर्वेदिक अस्पतालका प्रमुख डा श्रृष्टि श्रेष्ठ, हेटौडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्ले, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, अफिन मकवानपुर अध्यक्ष बिष्णु गोपाल महर्जन, गैसस महासंघ मकवानपुर कावा अध्यक्ष रमिला सापकोटा र नागरिक समाजका प्रतिनिधि ध्रुव चौलागाईलगायतकोे उपस्थीतिमा छलफल आयोजना भएको हो ।

कार्यक्रममा समिक्षा राख्दै पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारीले हेटौडा अस्पतालका डाक्टरहरु आफ्नो ड्युटि समयमा निजि क्लिनिकमा भेटिने, अस्पतालमा भेटिए पनि निजि क्लिनिकमा बोलाउने, स्वास्थ्य जाच गर्ने उपकरणहरु सधै बिग्रिएको भन्दै निजि अस्पतालतिर पठाउने गरेको तितो यथार्थलाई नभुल्न अस्पतालसँग आग्रह गर्दै आगामी दिनमा यस्तो गलत क्रियाकलाप रोक्न अस्पतालले ध्यान दिन आग्रह गनृुभयो । साथै उहाले अस्पतालका आन्तरिक बिवादहरु यो बिपदको समयमा ल्याउनु पनि जायज नभएको बताउनुभयो ।

रेडियो बुलेटिनले समाजसँग प्रत्यक्ष जोडिएका बिषयवस्तुहरुलाई उठाउदै आइरहेकोमा यो पटक आफुहरुले हेटौडा अस्पतालको स्तरोन्नतिका लागि सरोकारवालाहरुले कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताउदै रेडियो बुलेटिन ८९।७ मेघाहर्जका प्रबन्ध निर्देशक अनिलकुमार खातिले सधै जनताको अपेक्षाअनुरुपको बिषयलाई निरन्तर उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*