मकवानपुरगढीमा १२ संक्रमित थप, कोरोना अस्थायि अस्पताल मक्रान्चुलिमा ५ जना भर्ना

हेटौडा टुडे
२३ जेष्ठ २०७८, आईतवार २१:४९

हेटौंडा । आईतबार मकवानपुरगढी गांउपालिकामा थप १२ जनामा कोभिड संक्रमण देखिएको छ । हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट आज ८ जना र गांउपालिकामै गरिएको एन्टिजेन विधिबाट ४ जनामा संक्रमण देखिएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल १९६ जनामा संक्रमण देखा परिसकेको छ ।

आज मात्र १४ दिन पार गरि ९ जना संक्रमण मुक्त भएका छन । आईतबार सम्मको संक्रमण मुक्त हुनेको कुल संख्या १३६ जना पुगेको छ । यसै गरि सक्रिय संक्रमित रहेकामा मध्ये ५९ जना होमआईशन रहेका छन । आज सम्म १४ दिन पार गरि १३६ जना संक्रमणमुक्त भएका छन् । मकवानपुरगढी वडा नम्बर ३ मक्रन्चुलीमा रहेको कोभिड १९ अस्थायि अस्पतालमा आइसोलेसन सेन्टर आज ५ भर्ना भएको उनिहरुको अबस्था सामान्य नै रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

कोरोना कै कारण आज सम्ममा मकवानपुरगढीका ५ जनाको मुत्यु भईसकेको छ । मुत्यु हुनेमा वडा नम्बर ५ का २ जना  , वडा नम्बर ८ का १ जना , वडा नम्बर ३ मा १ जना र शनिबार मकवानपुरगढी वडा नम्बर २ का १ जना मृत्यु भईसकेको लामिछानेले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*