
हेटौंडा । हेटौंडा ४ बैंक रोड स्थित एक घरमा मंगलबार दिउँसो जुवाको खालबाट पक्राउ परेका ५ जना र थप १ जना गरी ६ जना माथि जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालका अनुसार पक्राउ परेका ५ र थप १ जना गरी ६ जना उपर एक किशोरीले आफुलाई बन्धक बनाई जवरजस्ती करणी गरेको उजुरी दिएपछि उनिहरु माथि जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको हो।
पिडित किशोरीले जुवाको खालबाट नगद सहित पक्राउ परेका र अर्का एकजनाले आफुलाई बन्धक बनाएर जवरजस्ती करणी गरेको उजुरी दिएपछि, उजुरीका आधारमा थप एक जनालाई आज बिहान ५० बर्षीय अख्तर हुसेनलाई पक्राउ गरेको डिएसपी रिमालले बताए । पक्राउ परेकाहरुमाथि जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता भइसकेको र अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिएको डिएसपी रिमालले जानकारी दिए । मकवानपुर प्रहरी टोलीले जुवाको खालबाट ४० बर्षीय रुस्तम कोईराला, ५४ बर्षीय अमर प्रधान, ४० बर्षीय प्रकाश मानन्धर, ३३ बर्षीय बिनोद घर्ति र चितवन घर भएका ४४ बर्षीय सुरेश पौडेललाई पक्राऊ गरेको थियो ।

