
हेटौंडा। मकवानपु्मा आज निषेधाज्ञा उल्लङ्घन गर्ने २१ वटा सवारी साधन सहित ६४ वटा सवारीको कागज पत्र तथा २ जना मानिसलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलिले जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाईकल ,स्कुटर, अटो गरी २१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्ने ६४ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिईएको छ ।
निषेधा ज्ञाउल्लङ्घन गर्ने २१ वटा सवारी साधनलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जनही रु २,००० र ५,००० दरले कारवाही गरिएको छ । साथै निषेधाज्ञा उल्लंघन गरि ब्यबसाय सन्चालन गर्ने २ जना कपडा पसल र मोवाईल पसलका ब्यापारिलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मकवानपुरले २,००० हजार जरिवाना तिराएको छ।


सेयर गर्नुहोस्