मकवानपुरगढीमा आज थप २ जनामा संक्रमण , अहिले सम्म १४४ ले जिते कोरोना

हेटौंडा टुडे
२६ जेष्ठ २०७८, बुधबार १९:३६

हेटौडा । बुधबार मकवानपुरगढी गांउपालिकामा थप २ जनामा कोभिड संक्रमण देखिएको छ । हेटौंडा अस्पतालमा गरिएको PCR परिक्षणबाट आज १ जनामा र  मकवानपुरगढीमा गरिएको एन्टिजेन परिक्षणबाट १ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो । यो सँगै मकवानपुरगढीमा  अहिले सम्म कुल २०५ जनामा संक्रमण देखा परिसकेको लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी आज मात्र १४ दिन पार गरि १ जना संक्रमण मुक्त भएका छन । बुधबार सम्मको संक्रमण मुक्त हुनेको कुल संख्या १४४ जना पुगेको छ । यसै गरि सक्रिय संक्रमित रहेका मध्ये ५१ जना होमआईशन रहेका छन । मकवानपुरगढी वडा नम्बर ३ मक्रन्चुलीमा रहेको आइसोलेसन सेन्टर आज ५ भर्ना भएको उनिहरुको अबस्था सामान्य नै रहेको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*