
हेटौंडा / बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८ ÷०७९ को निति तथा कार्यक्रम प्रस्तुत गरीएको छ ।
आज बिहिबार प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।प्रदेश सरकारले कोभिड मैत्री बजेट ल्याउने गरी एक सय ७६ बुदाँको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सबै प्रदेशबासी लाई कोभिडं—१९ बिरुद्दको खोप उपल्बध गराउन प्रदेश प्रमुख कोभिडं—१९ खोप कोष स्थापना गरी सबैलाई अनिवार्य खोपको ब्यबस्था गरीने प्रदेश प्रमुख प्रसाईले बताए । यस्तै कोभिडं—१९ माहामारीको रोकथाम तथा नियन्त्रण गर्न प्रदेश अन्र्तगतका सबै अस्पतालको सेवा बिस्तार गर्दे जनशक्तिको ब्यबस्था ,भौतिक संरचना र उपकरणको ब्यबस्था गरी स्वास्थ प्रणालीमा सुधार गरीने प्रदेश प्रमुख प्रसाईले बताए । प्रदेशका सबै अस्पतालमा पिसिआर ल्याब स्थापना गरी निशुल्क परिक्षको ब्यबस्था गरिने निति कार्यक्रममा उल्लेख गरीएको छ ।
प्रदेशका सबै अस्पतालमा एचडियु ,आईसियु र भेन्टिलेटरको स्थापना र अक्सिजन प्लान्ट जडानको काम गरीने प्रदेश प्रमुख प्रसाईले बताए ।यस्तै बागमती प्रदेश सरकारले उद्यमको लागि युवाहरुलाई सहुलियतमा कर्जा प्रदान गर्ने भएको छ ।
यस्तै प्रदेश सरकारले संघिय सरकारको सहलगानीमा प्रदेशको गौरबको आयोजनाका रुपमा समावेश गरेको पोष्टबहादुर बोगटी सुरुङमार्गको निर्माण कार्य सुरु गर्ने निति कार्यक्रममा उल्लेख गरीएको छ । कोभिड–१९ बाट प्रभावित भई विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किएका युवालाई लक्षित गरी कृषिमा आकर्षित गर्न स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्नका लागि साझेदारीमा आधारित कृषि उत्पादनमूखी कार्यक्रम सञ्चालन गरि क्षमता विकाससम्बन्धी तालिम, प्राविधिक सीप र सहयोग उपलब्ध गराइने बताईएको छ । ‘मेरो गाउँ उद्यम सहित जीउने ठाउँ’ भन्ने कार्यक्रम अन्र्तगत कर्जा प्रदान गरिने प्रदेश प्रमुख प्रसाईले बताएका हुन् ।
प्रदेश सरकार स्थापनाको तेस्रो वर्ष पुरा भई चौथौ वर्ष लागेको छ। प्रदेश स्थापना भएपश्चात सङ्घीय व्यवस्था संस्थागत गर्नका लागि प्रदेश सरकारले ५८ वटा संशोधनसहितको ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । संवैधानिक प्रावधानअनुरूप प्रदेशको एकल अधिकार र साझा अधिकार सूचीमा रहेका विषयहरूसँग सम्बन्धित बाँकी रहेका आवश्यक कानुनहरू क्रमशः निर्माण गरिने निति कार्यक्रममा उल्लेख गरीएको छ ।
प्रदेश प्रहरी ऐन बमोजिम प्रदेश प्रहरी गठन गरी प्रहरी सेवालाई सक्षम र सुदृढिकरण गरीने निाति कार्यक्रममा उल्लेख गरीएको छ । कृषि उत्पादनलाई पर्यटन संग जोड्दै कृषकहरुको आयआर्जन सुधारकलागी कृषि पर्यटन कार्यक्रम संञ्चालन गरीने प्रदेश प्रमुख प्रसाईले बताए ।
प्रदेश र स्थानिय तहको एउटै सन्देश बालबिवाहमुक्त हाम्रो प्रदेश भन्ने अभियान सहित सुरु भएको बालविाह मुक्त प्रदेश कार्यक्रममलाई निरन्तरता दिईने बताईएको छ । प्रदेशभरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिईएको छ । बागमती प्रदेशलाई खरको छानो मुक्त प्रदेश बनाईने कार्यक्रमलाई निरन्तरता दिईने बताईएको छ ।
