हेटौंडा/दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई निषेधाज्ञाको अवधिभर हरेक दिन विहानको खाना खुवाउदैं आएकोमा आज १६ औं दिनमा २५२ जनालाई खाना खुवाइएको छ । रोटरी क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ मकवानपुरको सक्रियतामा पञ्चसिद्धि फाउण्डेसनका सिद्धिलाल श्रेष्ठको साथमा तरुण दल मकवानपुरले विहीबार हुप्रचौरमा १३१ जना, हेटौंडा अस्पतालमा ९० जना, असहायहरुका लागि घरमुखी सेवा ३१ जना गरी २५२ जनालाई खाना खुवाइएको रोटरीका अध्यक्ष कविन साँगामीले बताए । यसैगरी हेटौंडा अस्पतालमा उपचाररत ९४ जना बिरामीहरुलाई निशुल्क बिहानको नास्ता प्रदान समेत गरिएको छ । कार्यक्रम निरन्तरता दिनको लागि विभिन्न संघसंस्था, व्यक्ति र व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् । सोही क्रममा आज तरुण दल मकवानपुरले निशुल्क खाना खुवाएको हो ।
सेयर गर्नुहोस्

















