
हेटौंडा। मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी सस्थां लि मक्रान्चुलिले आजबाट दूग्ध जन्य पदार्थको परिक्षण उत्पादन सुभारम्भ गरेको छ । सहकारि सस्थांले आज बिहान एक कार्यक्रमको आयोजना गर्दै परिक्षण उत्पादन सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एव मकवानपुरगढी गाउपालिकाका अध्यक्ष बिदुर हुमागाईले एक कार्यक्रमका बिच उद्धाटन गर्नु भएको हो ।
मकवानपुरगढी गाउँपालीकाका अध्यक्ष बिदुर हुमागाईले यो बिविधिकरणको कामको सुरुवात भएकोमा खुसि ब्यक्त गर्दै सहकारि सस्थालाई बधाई एवं शुभकामना ब्यक्त गर्नु भएको छ । आयोजनाको उद्धघाटन गदै संस्थाले नमुना योग्य काम गरेको बताउनु भयो । यो अबसरसंगै चुनौति पनि रहेकाले संग संगै कार्य अगाडि बडाउन अध्यक्षका सुझाब रहेको थियो । आफुले सहकारी संस्थाहरुलाई उत्पादन संग जोडेर लैजानु पर्ने बताउदै आएको र केही गर्न चाहने सहकारीलाई गाउँपालीकाले सधै सहयोग गर्ने बताउनु भयो । मनकामना दुग्ध उत्पादक सहकारीले थालनी गरेको यो कार्यलाई गाउपालीका भित्रका अन्य सहकारी संस्थामा सुरु गर्न प्रोत्साहन गर्ने हुमागाईले बताउनु भयो । गाउँपालीकाले किसानलाई बिशेष प्राथामिकतामा राखेको र किसानको हितको लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मकवानपुरगढी गाउपालिका वडा ३ का वडा अध्यक्ष भागबत घिमिरेले आफुले २२ बर्ष यसै सस्थामा काम गरेको अनुभब सुनाउदै सस्था यहा सम्म आउनमा सबैको साथ र सहयोग रहेको बताउनु भयो । यस्तो परियोजना सन्चालनको निम्ति स्थानिय सरकार सदैब तत्पर रहने बताउनु भयो । साथै आफु सदैब किसानको हित र पक्षमा रहेकाले यस्तो परियोजनाबाट किसानको हित हुनेमा आफु बिश्वास्त रहेको वडा अध्यक्ष घिमिरेले बताउनु भयो । धेरै चुनौतीहरु बिच सुरु गरीएको दुग्ध परिकार बिबिधिकरण योजनालाई नमुना योग्य बनाउन आफ्नो सधै सहयोग रहने बताउनु भयो ।
मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन दहालले दुधलाई बिबिधिकरण गरेर बजारमा लैजानु पर्छ भन्ने उद्धेश्यले काम सुरु गरेको बताउनु भयो । अहिलेको समयमा किसानले आफुले लगाानि गरेको लागत मुल्य दुध बिक्रि बितरणबाट सुनिश्चित हुन नसकेको परिप्रेक्षमा किसानहरुको लागत सुरक्षित गर्न सस्थाले दुग्ध परिकार बिविधिकरण योजना अगाडि बढाएको बताउनु भयो । अहिले कोरोनाको बिषम परिस्थितिमा काम सुरु गर्नु आफैमा चुनौती पुर्ण भए पनि यसले दुध बिक्रि गर्न नपाएका किसानलाई राहात पुग्ने बताउनु भयो । परिक्षण उत्पादनको रुपमा सस्थाले ध्यु, नौनि, खुवा, छुर्पि लगायत परिकारहरुको उत्पादन सुरु गरेको भयो । बेला बेलाको दुध बन्दको समस्या र अहिलेको कोरोनाले गर्दा दुध बिक्रि बितरणमा किसान बर्गमा पर्न गएको क्षतिलाई मध्यनजर गर्दै किसानले दुध फाल्न नपर्ने गरि नितान्त किसानको हितको लागि र असहज परिस्थितिलाई चिदै सहकारि उधोग तर्फ कदम अगाडि बडाएको दाहालले बताउनु भयो । आन्तरिक श्रोतबाट सूरु गरेको यस परियोजनामा हाल सम्म २३ लाख रुपैया खर्च भईसकेकोमा ७ लाख रुपैया मकवानपुरगढी गाउपालिकाको सहयोग रहेको दाहालले बताउनु भयो ।
संस्थाका पुर्ब अध्यक्ष बद्रि लंसालले दुग्ध उत्पादक सहकारी संस्थाहरु उत्पादक नभएर संंकलक र बिक्रेताको भुमिकामा मात्रै काम गर्दै आएकोमा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाबाट अरु सहकारीले सिक्नु पर्ने बताउनु भयो । जब सम्म उत्पादन र बजारीकरणमा जान सक्दैन तब सम्म सहकारी आत्मा निर्भर र दिगो नहुने बताउनु भयो । पसुपालक किसानलाई लगानी गर्न प्रोत्साहन गर्नेले उत्पादीत चिज बस्तुको बजारीकरणको ग्यारेन्टी पनि लिनु पर्ने बताउनु भयो । ढिलै भए पनि मनकामना सहकारीले दुग्ध जन्य परिकार उत्पादन सुरु गरेको र यसको दिगोपनको लागि सबै क्षेत्रबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा गायत्रि डेरिका सन्चालक श्रृजन कोईराला ,सस्थापक अध्यक्ष हरि अधिकारि , पुर्व अध्यक्ष ब्द्रि प्रसाद लम्साल , पुर्व अध्यक्ष कृष्ण पोखरेल , पुर्व ब्यबस्थापक बलराम हुमागाई , कालिदेबि सहकारि सस्थाका अध्यक्ष अर्जुन सापकोटा रानि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने ,सन्चारकर्मि एव हेटौडा टुडे डटकमका सन्चालक मनोज देबकोटा र रेडियो मकवानपुरगढीका सन्चालक एम पि शर्मा, पसुपालक किसान लगायतकाको उपस्थिति रहेको थियो ।

