
हेटौडा । शुक्रबार मकवानपुरगढीमा थप ३ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमण देखिएका तिनै जनालाई हेटौंडा अस्पतालमा गरिएको उअच परिक्षणबाट संक्रमण देखिएको हो । यो सँगै अहिले सम्म मकवानपुरगढीमा २१० जनामा कोरोना भाईरसको संक्रमण देखा परिसकेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
आज शुक्रबार सम्ममा ७६ जना १४ दिन पुरागरी संक्रमण मुक्त भएका छन् । सक्रिय संक्रमित ५६ जना रहेका मध्ये ५० जना होमआईसोलेशन र ६ जना मक्रान्चुलीमा रहेको कोभिड अस्थायी अस्पतालको आइसोलेशनमा रहेको छन । कोरोना कै कारण अहिले सम्म मकवानपुरगढीका ५ जनाको ज्यान गएको स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।


सेयर गर्नुहोस्