झुरझुरेमा १५० क्युफिट काठ र टिपर बरामद, चालक फरार

हेटौडा टुडे
१ असार २०७८, मंगलवार १६:१४

हेटौंडा । मकवानपुरमा १ सय ५० क्युफिट चिरान काठ र टिपर बरामद गरिएको छ । स्थानीयले प्रहरीलाई खवर गरेपछी काठ र टिपर नियन्त्रणमा लिइएको हो । टिपरका चालक र काठ लोड अनलोड गर्नेहरु भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले मकवानपुरको झुरझुरेमा काठ र टिपर बरामद गरेको हो ।

धरान चतरा सडकखण्ड अन्र्तगत बागमती गाउँपालिका वडा नंम्बर–४ झुरझुरे बजार स्थित सडकमा बा ३ ख ६९५१ नम्बरको टिपरमा लोड गरी त्रिपालले छोपेर राखेको अवस्थामा १ सय ५० दशमलब ३३ क्यूफिट सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले जनाएको छ । ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलिले सोमबार टिपर सहित बेवारिसे अवस्थामा सालको चिरान काठ बरामद गरेको हो । टिपरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*