बर्षाको समयमा हुनसक्ने जोखिमबाट सुरक्षित रहन प्रशासनको अनुरोध

हेटौंडा टुडे
२ असार २०७८, बुधबार ०९:१७

हेटौंडा  / जिल्ला प्रशासन कार्यलय मकवानपुरले मनसुन सुरु भएसँगै उत्पन्न हुने प्राकृतिक जोखिमहरुबाट सुरक्षित रहन जिल्लावासीहरुमा अनुरोध गरेको छ ।

प्रशासनले यस बर्षको मनसुन सुरु भैसकेको र भारी बर्षाको सम्भावना रहेकोले खोला तथा नदी छेउको बस्तीमा रहँदै आएकाहरुलाई सतर्क रहन अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेद्वारा हस्ताक्षरित सूचनामा जिल्लामा रहेका खोलाहरुमा भारी बर्षासँगै पानीको सतह बढ्ने, बाढी, डुवान तथा नदी कटानको समस्या हुने भएकोले खोला तथा नदीको किनारमा बस्ती रहेकाहरुलाई आवश्यक सावधानी अपनाउन भनिएको छ ।

विशेषगरी बर्षाको समयमा खोलहरुमा बाढी आएको बेला माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न भनिएको छ । यस्तै जोखिमका बेला आवस्यक पर्ने खानेकरा, औषधि, पानि, कपडा जस्ता कुराको व्यवस्था गर्न आग्रह गरिएको छ भने महिला तथा बालबालिका। जेष्ठ नागरिक र शारिरीक अपांगता भएकाहरुको सुरक्षामा विशेष ध्यान पु¥याउँन पनि प्रशसनले आग्रह गरेको छ ।

साथै प्रशासनले आफ्नो आसपासको क्षेत्रमा कुनैपनि किसिमका प्राकृतिक जोखिम देखिए सुरक्षा निकाय, स्थानिय पालिका एवं जिल्ला विपद व्यवस्थापन समितिलाई तुरुन्त खबर गर्न अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*