आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न 

हेटौंडा टुडे
२ असार २०७८, बुधबार १२:५७

हेटौंडा। यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा परिचित विकेशलाल श्रेष्ठ आज पनि समाज सेवामै तल्लिन रहेका छन । जस्तौ सुकै समस्यामा परेकालाई पनि उनि सहयोग गरेरै हरेक युवाको मनमा बस्न सफल हुदै युवाको प्रेरणाको स्रोत बन्न सफल भएका छन्। कहिले घरबास गुमाएकालाई घर बनाइदिएर होस,या घाम पानि रोगव्याधी नभनि डयुटि गर्ने सुरक्षाकर्मीलाई खाजा खुवाएर होस अझ भनौ आखाको ज्योति गुमाए एक बालकलाई आखा अस्पतालमा पुर्याएर नयाँ संसार देख्न सहयोग गर्ने विकेशलाल मकवानपुर भरिनै सामाजिक अभियन्ताका रुपमा परिचित भइसकेका छन्।

यसै क्रममा गत वर्षको लकडाउन र निषेधाज्ञा आफ्नै पहलमा हेटौंडा(१ भैरवडाँडामा पाण्डु विकलाई दुई कोठे घर बनाएर सामाजिक काम आफुलाई अब्बल सावित गरेर निम्न वर्ग,विभिन्न संघ संस्थाको मन जितेका विकेशले यस बर्षको निषेधाज्ञामा उहि पाण्डु विकलाई खाद्यान्न सहयोग गरेका छन्। श्रेष्ठले गत बर्ष असारमा २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च गरेर घर बनइदिएका पाण्डु विक परिवारलाई यस बर्ष कोभिडका कारण जारी निषेधाज्ञाले खाद्यान्न जोहो गर्न समस्या परेको खबर थाहा पाएपछि खाद्यान्न सहयोग गरेका छन्। विकेशले २बोरा चामल,खाने तेल,लुगा धुने र नुहाउने साबुन, दालमोठ,भुजा लगायतका खाद्या साम्रागी सहयोग गरेका हुन्‌।

गत बर्ष श्रेष्ठकै पहलमा नयाँ घर पाएको र निषेधाज्ञाले काम गर्न कठिनाइ भएको अवस्थामा यस बर्ष श्रेष्ठको सहयोगमा खाद्यान्न पाएपछि विक दम्पतीले खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन्। विकेशलाल श्रेष्ठ नेपाल तरुण दल मकवानपुरका युवा नेता पनि हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*